भारतका सेना प्रमुख भन्छन् – ‘अपरेसन सिन्दुर’ सकिएको ५ मिनेटपछि मात्र पाकिस्तानलाई जानकारी दिएका थियौं

काठमाडौं । भारतका रक्षा प्रमुख वा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) अनिल चौहानले पहलगाम आक्रमणपछि गरिएको कारबाहीको बारेमा पाकिस्तानलाई पाँच मिनेट पछि मात्र जानकारी गराइएको बताएका छन् । फुले विश्वविद्यालय पुणेमा ‘भविष्यका युद्ध र युद्ध‘ विषयक विशेष व्याख्यानमा जनरल चौहानले भने, “हामीले आक्रमण गरेको दिन (७ मे) पाकिस्तानलाई यसबारे जानकारी गराएका थियौं । हामीले रातको […]

Jun 4, 2025 - 10:16
 0
भारतका सेना प्रमुख भन्छन् – ‘अपरेसन सिन्दुर’ सकिएको ५ मिनेटपछि मात्र पाकिस्तानलाई जानकारी दिएका थियौं

काठमाडौं । भारतका रक्षा प्रमुख वा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) अनिल चौहानले पहलगाम आक्रमणपछि गरिएको कारबाहीको बारेमा पाकिस्तानलाई पाँच मिनेट पछि मात्र जानकारी गराइएको बताएका छन् ।

फुले विश्वविद्यालय पुणेमा ‘भविष्यका युद्ध र युद्ध‘ विषयक विशेष व्याख्यानमा जनरल चौहानले भने, “हामीले आक्रमण गरेको दिन (७ मे) पाकिस्तानलाई यसबारे जानकारी गराएका थियौं । हामीले रातको १ देखि १:३० को बीचमा आक्रमण गर्यौं । हामीले पाकिस्तानलाई अपरेशन सकिएको पाँच मिनेटपछि मात्र यो (आक्रमण) गरेको बताएका थियौं ।”

“सीमापार आक्रमणको समयमा भारतीय सेनाले ‘धेरै तर्कसंगत’ तरिकाले काम गर्यौं । आतंकवादी लुक्ने ठाउँहरूमा मात्र आक्रमण गर्यौं र नागरिक र सैन्य लक्ष्यहरूविरुद्ध कारबाही गर्नबाट जोगियो,” उनले थपे ।

कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारतले मे ७ मा पाकिस्तानमा रहेका ‘आतंकवादी अड्डाहरू’मा आक्रमण गर्न ‘अपरेसन सिन्दुर’ सञ्चालन गरेको थियो ।

चौहान भन्छन्, “हामीले उनीहरूको (पाकिस्तानका) सैन्य अपरेशनका महानिर्देशकलाई भनेका थियौं कि हाम्रो आक्रमण केवल आतंकवादी लुक्ने ठाउँहरूमा थियो । सैन्य शिविर यसमा समावेश छैनन् । साथै, हामीले कुनै अतिरिक्त क्षति नहोस् भन्ने कुरा सुनिश्चित गर्यौं ।”

यसअघि  गत शनिबार ‘ब्लूमबर्ग टिभी’ लाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, “विमान खसालिएको हो भन्ने कुरा महत्त्वपूर्ण होइन, यो किन भयो भन्ने कुरा महत्त्वपूर्ण छ ।” तर, यसमा उनले छ वटा विमानमा क्षति पुगेको पाकिस्तानको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरे ।

जनरल अनिल चौहानले दाबी गरे, “१० मे मा भारतको अपरेसन सिन्दुरको प्रतिक्रियामा पाकिस्तानको अपरेसन बन्यान-उम-मर्सूस “आठ घण्टाभित्र असफल भयो । ४८ घण्टाभित्र भारतलाई घुँडा टेकाउने” इस्लामाबादको महत्वाकांक्षी लक्ष्यलाई गम्भीर धक्का दियो ।”

उनले भने, “सैन्य द्वन्द्वमा हुने क्षति अपरेसनबाट प्राप्त नतिजाभन्दा बढी महत्त्वपूर्ण हुँदैन ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register