सुदन किरातीको माग : सुरक्षित नागरिक आवास कार्यक्रममा बजेट थप गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादीका सांसद सुदन किरातीले सुरक्षित नागरिक आवास कार्यक्रममा आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम भएपनि यसमा बजेट प्रर्याप्त नभएको भन्दै आवश्यक बजेट व्यवस्था गरि समस्याको समाधान गर्न माग गरेका हुन् । उनले भने, ‘सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम […]

May 5, 2025 - 07:49
 0
सुदन किरातीको माग : सुरक्षित नागरिक आवास कार्यक्रममा बजेट थप गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादीका सांसद सुदन किरातीले सुरक्षित नागरिक आवास कार्यक्रममा आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम भएपनि यसमा बजेट प्रर्याप्त नभएको भन्दै आवश्यक बजेट व्यवस्था गरि समस्याको समाधान गर्न माग गरेका हुन् ।

उनले भने, ‘सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम थियो । यस कार्यक्रम अन्तरगत स्वीकृत लाभग्राही २ लाख १४ हजार थिए । लाखाैं परिवार आज प्रभावित छन् । २०८२ र ०८३ आर्थिक वर्षमा विनियोजित रकम ३५ करोड थियो । आवश्यक रकम दुई अर्ब ९६ करोड रुपैयाँ छ । सरकारले पैसा दिने आशामा ७५ हजार ऋण लिएर छानो हालियो, ब्याज आज डबल भयो । जनता सुरक्षित होइन असुरक्षित भएका छन् । ऋणको पासोमा परेर जनता पीडित भएका छन् । आवश्यक बजेट व्यवस्था गरि समस्याको समाधान गरियोस् । सरकार छैन भनिरहेका बेला सरकार देखा पर्नुपर्यो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register