मधेसमा भण्डाफोर अभियान गर्दै रास्वपा

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेस प्रदेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ । मधेसको मौजुदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताको बीचमा ल्याउने उद्देश्यका साथ अभियान सुरु गर्न लागेको सो पार्टीले जनाएको छ । रास्वपा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले जनकपुरधाममा बुधबार आयोजित […]

Apr 9, 2025 - 08:08
 0
मधेसमा भण्डाफोर अभियान गर्दै रास्वपा

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेस प्रदेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ ।

मधेसको मौजुदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताको बीचमा ल्याउने उद्देश्यका साथ अभियान सुरु गर्न लागेको सो पार्टीले जनाएको छ ।

रास्वपा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले जनकपुरधाममा बुधबार आयोजित पत्रकार सम्मलेनमार्फत पार्टीको उद्देश्य र आगामी योजनाबारे विस्तृत रुपमा जानकारी दिएका छन् ।

उनले भने, ‘हामी व्यवस्थाविरुद्धको भण्डाफोर अभियानलाई मधेस प्रदेशका प्रत्येक पालिकाबाट सुरु गर्नेछौं । यो अभियानले सरकारको कुशासन र भ्रष्टाचारका दुष्परिणामहरूको पर्दाफास गर्नेछ ।’

यादवका अनुसार यो अभियान मधेशका आठवटै जिल्लामा विशेष प्रभावकारी ढङ्गले सञ्चालन गरिने छ ।

‘हामी हरेक जिल्ला र गाउँमा जनचेतना फैलाउने र जनतालाई जागरुक बनाउने काममा लाग्नेछौं । यस अभियानका माध्यमबाट जनतालाई केवल सरकारका गलत क्रियाकलापका बारेमा मात्र जानकारी दिने होइन, उनीहरूको अधिकारको रक्षाका लागि आवाज उठाउन पनि प्रेरित गर्नेछौं,’ उनले थपे ।

यस अभियानसँगै रास्वपाले देशभरको युवा शक्ति र जन जागरण अभियानलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ । प्रदेश सभापति यादवले पार्टीले युवालाई राजनीतिक, सामाजिक र नागरिक अधिकारका बारेमा शिक्षित गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताए ।

‘हामी यो आन्दोलनलाई केवल राजनीतिक प्रतिरोधको रुपमा होइन, एक सामाजिक जागरणको अवसरको रुपमा लिन्छौं । हाम्रो उद्देश्य जनतामा चेतना ल्याउनु हो,’ यादवले भने ।

त्यस्तै उनले पार्टी सभापति रवि लामिछानेमाथि गरिएको धडपकडप्रति आक्रोश व्यक्त गरेका छन् ।

‘राजनीतिक प्रतिशोधका आधारमा हाम्रो सभापति रवि लामिछानेलाई निशाना बनाइएको छ । सरकारका गलत कदमको विरोध जनाउन हामीले यो अभियानलाई अझ व्यापक बनाउने छौं । यो केवल रास्वपाको विरोध होइन, सम्पूर्ण लोकतान्त्रिक व्यवस्था र जनताको अधिकारको रक्षा गर्ने अभियान हो,’ यादवले स्पष्ट पारे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register