बिर्तामोडमा उद्योग वाणिज्य संघको सरसफाई अभियान
झापा, २१ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले सरसफाई अभियान शुरु गरेको छ । अभियान अन्तरगत बिर्तामोडस्थित मुक्तिचोक पूर्ब–पश्चिम र दक्षिण तर्फको सडकको बीचमा रहेको डिभाइडर सरसफाई गरिएको हो । संविधान सभा सदस्य तथा संघका पूर्व अध्यक्ष सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु न्यौपानेले नगरलाई सफा र सुन्दर राख्न सरसफाई गरिएको [...] The post बिर्तामोडमा उद्योग वाणिज्य संघको सरसफाई अभियान appeared first on Jhapa Online.

झापा, २१ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले सरसफाई अभियान शुरु गरेको छ । अभियान अन्तरगत बिर्तामोडस्थित मुक्तिचोक पूर्ब–पश्चिम र दक्षिण तर्फको सडकको बीचमा रहेको डिभाइडर सरसफाई गरिएको हो ।
संविधान सभा सदस्य तथा संघका पूर्व अध्यक्ष सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु न्यौपानेले नगरलाई सफा र सुन्दर राख्न सरसफाई गरिएको बताए । उनले नगर सफा राख्ने दायित्व आम नागरिकको समेत भएको हुँदा जथाभावी फोहोर नगर्न र रोपिएका विरुवाको संरक्षण गर्न समेत आग्रह गरे ।
बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी सहित व्यवसायी र सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा डिभाइडमा रहेको झार पात हटाइएको थियो ।
सुन्दर बिर्तामोड बनाउनका निमित्त डिभाइडर सरसफाई गर्नुका साथै त्यहाँ रहेका अशोकका रुखका हाँगाहरु कटिङ गरेर मिलाइएको संघका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
कार्यक्रम संयोजक विपीन वजगाईले स्वागत गरेको कार्यक्रममा बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङवा, ५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मेघराज बास्तोला, इलाम झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्री, उपाध्यक्ष नरेश कर्माचार्य, शसस्त्र प्रहरी, नेपाल प्रहरीलगायत व्यवसायीहरू सहभागी थिए । उद्घाटन कार्यक्रम संघकी उपाध्यक्ष गोमा भट्टराईले सञ्चालन गरेकी थिइन् ।
The post बिर्तामोडमा उद्योग वाणिज्य संघको सरसफाई अभियान appeared first on Jhapa Online.
What's Your Reaction?






