बिर्तामोड हुन लागेको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा

झापा, २१ जेठ । झापाको बिर्तामोडमा हुन लागेको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा आयोजना गर्न लागिएको प्रदर्शनीमा तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेकपा एमाले कोशीका इञ्चार्ज तथा [...] The post बिर्तामोड हुन लागेको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा appeared first on Jhapa Online.

Jun 4, 2025 - 13:16
 0
बिर्तामोड हुन लागेको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा

झापा, २१ जेठ । झापाको बिर्तामोडमा हुन लागेको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा आयोजना गर्न लागिएको प्रदर्शनीमा तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा एमाले कोशीका इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले पार्टी चाहेको समृद्धिका लागि एउटा खम्बको रुपमा विज्ञान र प्रविििधलाई राखेको बताउनुभयो । प्रर्दशनी सबैको साझा भएको समेत उहाँले बताउनुभयो ।

प्रर्दशनीमा कोशी प्रदेशमा रहेका १२ जिल्लाका ७० विद्यालयले सहभागीता जनाउने भएका छन् । जेठ २४ देखि २६ गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा झापाका माध्यमिक तहका तीन सय ९६ विद्यालयका विद्यार्थी सहित कोशी प्रदेशका एक लाख भन्दा बढी विद्यालर्थीले प्रर्दशनीको अवलोकन गर्ने आयोजकले जनाएको छ ।

प्रर्दशनीमा अप्रत्योगी २० वटा सशुल्क स्टलहरु रहने छन् भने एक सय बढी स्टल राखिने कार्यक्रम रहेको नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद ४ लाख, द्वितीय हुनेलाई तीन लाख, तृतीय हुनेलाई दुई लाख र सान्त्वना पुरस्कार एक लाख रुपैयाँ प्रदान गरिने छ भने प्रतिभा प्रोत्साहन पुरस्कार २५ वटा प्रदर्शनी टोलीलाई नगद २५ हजार रुपैयाँका दरले प्रदान गरिने जनाइएको छ ।

विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधि सम्वन्धि खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्ने, विद्यार्थीका मैलिक प्रकृतिका आविस्कार तथा अन्वेषणलाई प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको हो । प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।

प्रदर्शनी सम्पन्न गर्न ४४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि पुरस्कार राशि मात्रै १६ बढी खर्च हुने आयोजकले जनाएको छ ।

The post बिर्तामोड हुन लागेको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी अन्तिम चरणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register