बिर्तामोड महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता र विद्यार्थीलाई निःशुल्क प्रवेश

झापा, ७ माघ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई निःशुल्क प्रवेश गरिएको छ । भोलिदेखि शुरु हुने महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको आज महोत्सव स्थलमा पत्रकार [...] The post बिर्तामोड महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता र विद्यार्थीलाई निःशुल्क प्रवेश appeared first on Jhapa Online.

Jan 20, 2025 - 14:28
 0
बिर्तामोड महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता र विद्यार्थीलाई निःशुल्क प्रवेश

झापा, ७ माघ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई निःशुल्क प्रवेश गरिएको छ ।

भोलिदेखि शुरु हुने महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गरी आयोजक बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने महोत्सवको सबै तयारी पूरा भएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेकोछ ।

बिर्तामोड नगरपालिका–५ धर्मकाटा रोडस्थित महोत्सवस्थल रहेको छ । नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको महोत्सवमा १५० वटा स्टल रहेका छन् । अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रर्वधन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवमा भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल रहने छ भने राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति रहने व्यवस्थापक ललित सिम्खडाले बताउनुभयो । यसैगरी विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने छ ।

महोत्सव अवधिभर दुई लाख भन्दा बढी अबलोकनकर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको प्रवन्ध गरिएको छ । स्थानीय प्रशासनसँगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समेत सहयोग लिएको र महोत्सवलाई थप उल्लासमय बनाउन बालबालिकाहरुलाई लक्षित गरी मनोरञ्जनपूर्ण खेलहरु समेत महोत्सव परिसरमा व्यवस्थापन गरिएको छ ।

महोत्सवको उद्घाटन सत्रमा अपरान्ह १ बजे दर्जनभन्दा बढी विभिन्न जातिका भेषभूषा, बाजागाजा, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र सुवेक्षुकहरुको उपस्थितिमा नगरपरिक्रमा गरिनेछ भने नगरपरिक्रमा संघको कार्यालयबाट प्रारम्भ हुनेछ । पत्रकार सम्मेलनमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले स्वागत गर्नुभएको थियो भने सञ्चालन महासचिव कुशवल खतिवडाले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा सामाजिक तथा धार्मिक व्यक्तित्व शेरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

The post बिर्तामोड महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता र विद्यार्थीलाई निःशुल्क प्रवेश appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register