दमकमा दुर्घटना हुँदा एक युवाको मृत्यु

झापा, २२ जेठ । झापाको दमक नगरपालिका–७ पशुहाटडाँडास्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुबहाक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधवार साँझ दमकबाट केर्खातर्फ जाँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र–१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दमक–४ का ३६ [...] The post दमकमा दुर्घटना हुँदा एक युवाको मृत्यु appeared first on Jhapa Online.

Jun 5, 2025 - 03:06
 0
दमकमा दुर्घटना हुँदा एक युवाको मृत्यु

झापा, २२ जेठ । झापाको दमक नगरपालिका–७ पशुहाटडाँडास्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुबहाक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधवार साँझ दमकबाट केर्खातर्फ जाँदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र–१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दमक–४ का ३६ वर्षीय मिलन थापा गम्भीर घाइते भएका थिए । घाइते थापालाई उपचारको लागि आर्य न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रमम गएराति ८ः३८ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बस चालक गौरादह नगरपालिका–४ का ३२ वर्षीय सरकार टुडु र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post दमकमा दुर्घटना हुँदा एक युवाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register