श्रीमान्–श्रीमतीले भिरबाट हाम फाले : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

झापा, ११ असार । चितवनमा श्रीमान्–श्रीमतीले एकैपटक भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमानसँग घरायासी विवाद हुँदा [...] The post श्रीमान्–श्रीमतीले भिरबाट हाम फाले : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते appeared first on Jhapa Online.

Jun 25, 2025 - 06:18
 0
श्रीमान्–श्रीमतीले भिरबाट हाम फाले : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

झापा, ११ असार । चितवनमा श्रीमान्–श्रीमतीले एकैपटक भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमानसँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए ।

कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post श्रीमान्–श्रीमतीले भिरबाट हाम फाले : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register