जलाधर सडक र फूलबारी टोल,नयाँबस्तीमा गरी तीन जना मृत फेला

झापा । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् ।बुधबार अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी […]

Jun 11, 2025 - 08:23
 0
जलाधर सडक र फूलबारी टोल,नयाँबस्तीमा गरी तीन जना मृत फेला

झापा । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् ।बुधबार अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register