शिवसताक्षीमा भूमिहीन र दलितालाई जग्गाको निस्सा वितरण

शिवसताक्षी, १ असार । झापाको शिवसताक्षीमा जग्गा धनीपूर्जा वितरणका लागि निस्सा वितरण गर्न थालिएको छ । नगरको वडा नं. १ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न शुरु गरिएको हो । शिवसताक्षीमा रहेका भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण पत्र वितरणका लागि पहिलो चरण निस्सा वितरण नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनुभयो । [...] The post शिवसताक्षीमा भूमिहीन र दलितालाई जग्गाको निस्सा वितरण appeared first on Jhapa Online.

Jun 15, 2025 - 17:15
 0
शिवसताक्षीमा भूमिहीन र दलितालाई जग्गाको निस्सा वितरण

शिवसताक्षी, १ असार । झापाको शिवसताक्षीमा जग्गा धनीपूर्जा वितरणका लागि निस्सा वितरण गर्न थालिएको छ । नगरको वडा नं. १ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न शुरु गरिएको हो ।

शिवसताक्षीमा रहेका भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण पत्र वितरणका लागि पहिलो चरण निस्सा वितरण नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनुभयो । उहाँले अन्य वडाहरुमा भन्दा वडा नं. १ र २ मा पहिलेदेखि नै काम भइरहेकाले आजबाट निस्सा वितरण गर्न सुरु गरिएको बताउनु भयो ।

जग्गा धनी प्रमाण पत्र वितरणका लागि अब काम नरोकिने र क्रमशः ३ देखि ६ नम्बर वडासम्म निस्सा वितरण काम गरिने नगरप्रमुख थोप्राले बताउनुभयो । अब नगरबासीले धनीपूर्जा प्राप्त गर्न बाटो खुल्दै गएको छ । सबैलाईं आशावादी हुन नगरप्रमुखले आग्रह गर्नु भएको छ ।

वडाको ११ वटै वडाहरुमा धनी पूर्जा वितरण गर्न निकै समय लाग्न सक्ला तर काम सकिएका वडाहरुमा धनीपुर्जा वितरण गर्दै जाने लक्ष्य राखिएको नगरप्रमुख थोप्राले बताउनुभयो ।

निस्सा वितरणमा उपप्रमुख नरमाया कार्कीको समेत सहभागिता रहेको थियो । शिवसताक्षीको वडा नं. १ मा ५९ जनालाई निस्सा वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा ५८ जनालाई अव्यवस्थित बसोबासी र १ जनालाई भुमिहिन सुकुम्बासीलाई वितरण गरिएको हो ।

त्यस्तै वडा नं. २ मा ९४ जना अस्थायी बसोबासी र १ जना भुमिहीन सुकुम्बासीलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले दावी विरोधनका लागि सूचना ७ दिने र १५ दिने सुचना प्रकाशित गरेको छ ।

भूमिहीन सुकुम्बासी, भूमिहिन दलितका लागि ७ दिन र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना निकालिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

The post शिवसताक्षीमा भूमिहीन र दलितालाई जग्गाको निस्सा वितरण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register