प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । यही असार १४ देखि २० गतेसम्मको प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो […]

Jun 16, 2025 - 17:11
 0
प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

यही असार १४ देखि २० गतेसम्मको प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

यस्तै मन्त्रिपरिषद्ले सहसचिव डा.खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register