अमेरिकासँग व्यापार युद्धको खतरापछि तीन देश भ्रमण गर्दै सी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङले अर्को हप्ता दक्षिणपूर्वी एसियाको भ्रमण गर्ने भएका छन् । चीन अमेरिकी करसँग जुधिरहेको बेला यो भ्रमण हुन लागेको हो । चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सीले अप्रिल १४ देखि १८ सम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमण गर्नेछन् । सीको यो भ्रमण १४ अप्रिलमा भियतनामबाट सुरु हुनेछ । […]

Apr 11, 2025 - 06:29
 0
अमेरिकासँग व्यापार युद्धको खतरापछि तीन देश भ्रमण गर्दै सी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङले अर्को हप्ता दक्षिणपूर्वी एसियाको भ्रमण गर्ने भएका छन् ।

चीन अमेरिकी करसँग जुधिरहेको बेला यो भ्रमण हुन लागेको हो ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सीले अप्रिल १४ देखि १८ सम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमण गर्नेछन् ।

सीको यो भ्रमण १४ अप्रिलमा भियतनामबाट सुरु हुनेछ । त्यसपछि उनी मलेसिया र कम्बोडियाको भ्रमण गर्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाममा ४६ प्रतिशत, मलेसियामा २४ प्रतिशत र कम्बोडियामा ४९ प्रतिशत कर लगाएका छन् ।

हाल यसमा ९० दिनको प्रतिबन्ध लगाइएको छ । यस अवधिमा १० प्रतिशत को आधारभूत महसुल लागू रहनेछ ।

अमेरिकाले चीनमाथि १४५ प्रतिशत कर लगाएको छ । यसैबीच चीनले अमेरिकामाथि ८४ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाको ‘जबरजस्ती’ मा झुक्नुको सट्टा ‘अन्तसम्म लड्न’ रुचाउने बताएको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा पर्ने असर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register