सभामुख : विपिनको रिहाइमा पहल गरिदिनुस्, इजरायली राजदूत : अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग माग्नुस्

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच भेटवार्ता भएको छ । भेटमा हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदानलगायतका विषयमा कुराकानी भएको बताइएको छ । सभामुख घिमिरेले इजरायली राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इजरायल […]

Feb 2, 2025 - 11:27
 0
सभामुख : विपिनको रिहाइमा पहल गरिदिनुस्, इजरायली राजदूत : अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग माग्नुस्

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच भेटवार्ता भएको छ ।

भेटमा हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदानलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

सभामुख घिमिरेले इजरायली राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इजरायल सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले हमासको नियन्त्रणमा रहेको भनिका नेपाली विद्यार्थी विपिन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराए । “महामहिममार्फत विपिनलाई पहिलो प्राथमिकतामा राखेर रिहाइ गर्न वा स्थितिबारे सार्वजनिक गर्न ध्यानाकर्षण गराउँदछु,” सभामुखले भने ।

सभामुखले नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्ध मित्रता, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै इजरायलले नेपाललाई छात्रवृत्ति, कृषि, श्रम र सुरक्षाका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

नेपाल र इजरायलबीचको कृषि तथा श्रम क्षेत्रमा सहकार्यबारे छलफल गर्दै सभामुख घिमिरेले ‘अर्न एन्ड लर्न’ कृषि तालिम कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताए ।

सभामुख घिमिरेले नेपाल शान्तिप्रेमी राष्ट्र भएको उल्लेख गर्दै मध्यपूर्वमा स्थिरता र शान्तिको पक्षमा नेपाल रहेको बताए ।

भेटमा राजदूत बासले नेपाली युवा विपिनलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताए । उनले जोशीलाई रिहाइ गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिनुपर्ने धारणा राखे ।

गत वर्ष अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गर्दा कृषिसम्बन्धी अध्ययन गर्दै काम गर्न गएका नेपालीमध्ये १० जनाको ज्यान गएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register