ट्रम्पले इरान-इजरायल द्वन्द्व सम्बन्धी जी-७ को संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान-इजरायल द्वन्द्व सम्बन्धी जी-७ को संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने भएका छन् । संयुक्त वक्तव्यको मस्यौदामा तनाव कम गर्न, इरानको निगरानी गर्न र दुवै पक्षलाई नागरिकको सुरक्षा गर्न आग्रह गरिएको छ। ह्वाइट हाउसका एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एनबीसीलाई बताए अनुसार,  ट्रम्पको  नेतृत्वमा अमेरिका फेरि विश्वमा शान्ति स्थापना गर्ने प्रयासको अगुवाइ […]

Jun 17, 2025 - 01:30
 0
ट्रम्पले इरान-इजरायल द्वन्द्व सम्बन्धी जी-७ को संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान-इजरायल द्वन्द्व सम्बन्धी जी-७ को संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने भएका छन् । संयुक्त वक्तव्यको मस्यौदामा तनाव कम गर्न, इरानको निगरानी गर्न र दुवै पक्षलाई नागरिकको सुरक्षा गर्न आग्रह गरिएको छ।

ह्वाइट हाउसका एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एनबीसीलाई बताए अनुसार,  ट्रम्पको  नेतृत्वमा अमेरिका फेरि विश्वमा शान्ति स्थापना गर्ने प्रयासको अगुवाइ गरिरहेको छ । अमेरिका इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नपाओस् भन्ने चाहान्छ ।

ट्रम्प मध्यपूर्वको स्थितिलाई मध्यनजर  गर्दै जी-७ (G7) बैठक छोट्याएर मङ्गलबार राति वाशिंगटन फर्कने ह्वाइट हाउसले जनाएको छ। ट्रम्प र बेलायतका सर कियर स्टारमरबीच जी-७ शिखर सम्मेलनका क्रममा अमेरिका र बेलायतबीच ट्यारिफ सम्झौतामा हस्ताक्षर भएसँगै उनी वाशिंगटन फर्कन लागेको बीबीसीले जनाएको छ ।

यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले २०१४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्कालीन जी-८ (G8) बाट निष्कासन गर्नु गल्ती भएको बताएका थिए।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register