महायज्ञको नाममा दलित परिवारको घर भत्काउने पालिका अध्यक्ष र वडाध्यक्षलाई ५ दिन म्याद थप

काठमाडौं । महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । सिरहा जिल्ला अदालतले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी […]

Mar 23, 2025 - 12:58
 0
महायज्ञको नाममा दलित परिवारको घर भत्काउने पालिका अध्यक्ष र वडाध्यक्षलाई ५ दिन म्याद थप

काठमाडौं । महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्ववडाध्यक्षलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

सिरहा जिल्ला अदालतले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए । उनीहरुमाथी अनुसन्धान जारी रहेको बताइएको छ ।

औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजना गर्न गत फागुन १० गते स्थानीय दीपक मरिक डोमको घर डोजर लगाएर भत्काइएको थियो । घटना सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको थियो ।

गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षसहित पीडित दीपक मरिकले शनिबार जिल्ला प्रहरी कार्यालय सिरहामा जातीय भेदभाव तथा छुवाछूत कसुरमा जाहेरी दर्ता गराएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register