करण बने टी–२० मा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी

काठमाडौं । करण केसी टी–२० आई क्रिकेटमा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत आज (मंगलबार) घरेलु टोली स्कटल्यान्डविरुद्धको जारी खेलमा उनले दुई विकेट लिएसँगै यो कीर्तिमान बनेको हो । जारी खेलमा नेपालले शानदार बलिङ प्रदर्शन गरिरहेको छ । यसअघि दीपेन्द्रसिंह ऐरीले पहिलो ओभरमा पाँचौ बलमै नेपाललाई सफलता दिलाएका […]

Jun 17, 2025 - 15:23
 0
करण बने टी–२० मा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी

काठमाडौं । करण केसी टी–२० आई क्रिकेटमा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत आज (मंगलबार) घरेलु टोली स्कटल्यान्डविरुद्धको जारी खेलमा उनले दुई विकेट लिएसँगै यो कीर्तिमान बनेको हो ।

जारी खेलमा नेपालले शानदार बलिङ प्रदर्शन गरिरहेको छ । यसअघि दीपेन्द्रसिंह ऐरीले पहिलो ओभरमा पाँचौ बलमै नेपाललाई सफलता दिलाएका थिए । त्यसपछि करणले एकै ओभरमा दुई विकेट लिएका हुन् ।

टी–२० मा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान भने सन्दीप लामिछानेको नाममा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register