सन्तोषको अर्धशतकमा आर्मीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीको यो लगातार दोस्रो जित हो । आर्मीका लागि सन्तोष कार्कीले अर्धशतकीय पारी खेले । ६३ बलमा १० चौका प्रहार […]

Mar 12, 2025 - 09:18
 0
सन्तोषको अर्धशतकमा आर्मीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीको यो लगातार दोस्रो जित हो ।

आर्मीका लागि सन्तोष कार्कीले अर्धशतकीय पारी खेले । ६३ बलमा १० चौका प्रहार गरेका सन्तोष ५५ रनमा अविजित रहे । कप्तान विनोद भण्डारी पनि २० रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४५.३ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।

सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले ४९ रन बनाए । कप्तान नारायण जोशी र सुनिल चन्दले १६–१६ रन बनाए ।

आर्मीले शाहब आलमले ४ विकेट लिए । सोमपाल कामीले २ तथा कुशल मल्ल, बसिर अहमद, आकाश चन्द र नरेन साउदले १–१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register