नेपालखबर र बिजमान्डुको ‘समाचार हटाउन आदेश’ दिएको मुद्दामा बहस जारी

काठमाडौं । दुई अनलाइन पोर्टल नेपालखबर डटकम र बिजमान्डु डटकमको समाचार हटाउन आदेश दिएको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बहस जारी छ । श्यामबिहारी मोर्यको इजरालसमा बुधबार दिउँसो बहस जारी रहेको हो । यसअघि जिल्ला अदालतले समाचार हटाउन न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । त्यसलाई निरन्तरता दिने–नदिने भन्ने विषयमा बहस जारी रहेको हो । खचाखच […]

Jun 18, 2025 - 08:26
 0
नेपालखबर र बिजमान्डुको ‘समाचार हटाउन आदेश’ दिएको मुद्दामा बहस जारी

काठमाडौं । दुई अनलाइन पोर्टल नेपालखबर डटकम र बिजमान्डु डटकमको समाचार हटाउन आदेश दिएको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बहस जारी छ । श्यामबिहारी मोर्यको इजरालसमा बुधबार दिउँसो बहस जारी रहेको हो ।

यसअघि जिल्ला अदालतले समाचार हटाउन न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । त्यसलाई निरन्तरता दिने–नदिने भन्ने विषयमा बहस जारी रहेको हो ।

खचाखच भरिएको इजलास कक्षमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिलका नवनियुक्त सदस्य नकुल अर्याल, खबरहबका सम्पादक अरुण बराल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलगायत उपस्थित छन् ।

जिल्ला अदालतले नेपालखबर र बिजमाण्डुमा प्रकाशित समाचार हटाउने आदेश दिएसँगै नेपाली सञ्चार जगत्मा तरंग पैदा गरेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश पीताम्बर शर्माको इजलासले समाचार तुरुन्त हटाउन आदेश दिएको थियो । यसले संविधानतः प्राप्त प्रेस स्वतन्त्रताको हनन् भएको सरोकारवालाहरूको भनाइ छ ।

समाचार हटाउने आदेशप्रति सरोकारवालाको एकैस्वर– अदालतले क्षेत्राधिकार नाघ्यो, प्रेस काउन्सिल अनिर्णित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register