लन्डनका गायक गायिका प्रमोद शर्मिलाको नयाँ कोशेली ‘खै त मायाले कुरा बुझेको’ (भिडियो)

लन्डन- लन्डन कर्मथलो बनाएकी ख्यातिप्राप्त गायिका शर्मिला बर्देवा तथा सुमधुर गायक प्रमोद शर्मा जोडीले आफ्नो नयां गीत ‘खै त मायाले कुरा बुझेको’ सार्वजनिक गरेका छन्।  म्यूजिक नेपाल यूट्यूब च्यानलबाट हालै उक्त गीत सार्वजनिक भएको हो । आज सार्वजनिक गीतबारे कलाकारद्वय भन्छन्- हामीले यस गानामा निकै मेहनत गरेका छौं, श्रोताले पक्कै मन पराइदिनु हुनेछ, सुन्नु हुनेछ […]

Jun 19, 2025 - 08:48
 0
लन्डनका गायक गायिका प्रमोद शर्मिलाको नयाँ कोशेली ‘खै त मायाले कुरा बुझेको’ (भिडियो)

लन्डन- लन्डन कर्मथलो बनाएकी ख्यातिप्राप्त गायिका शर्मिला बर्देवा तथा सुमधुर गायक प्रमोद शर्मा जोडीले आफ्नो नयां गीत ‘खै त मायाले कुरा बुझेको’ सार्वजनिक गरेका छन्। 

म्यूजिक नेपाल यूट्यूब च्यानलबाट हालै उक्त गीत सार्वजनिक भएको हो ।

आज सार्वजनिक गीतबारे कलाकारद्वय भन्छन्- हामीले यस गानामा निकै मेहनत गरेका छौं, श्रोताले पक्कै मन पराइदिनु हुनेछ, सुन्नु हुनेछ र हेर्नु हुनेछ।’

यस गीतका गीतकार दिनेश राज पुरी एक चर्चित रचनाकार हुन जसका गीतहरुले बजार तताइसकेका छन् । लन्डनमा रहेको स्ट्यानवेल स्टूडियोमा भोकल रेकर्डिङ भएको यस गीतको संगीत संयोजन राजेन्द्र बजगाई, मिक्सिङ माष्टरिङ मनोज परियार, रेकर्डिष्ट किरण सिं थापा, बांसुरी रत्न बिक, गीतार पुष्कर खड्का, शहनाई बल बहादुर जैरु, पर्कशन भुवन गन्धर्वको छ।

यस्तै एल्बम काष्टमा सुधिर श्रेष्ठ, बिना रावत तथा श्री स्वस्थानी तामाङको बेजोड अभिनय छ । सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा गागल फेदीमा सुटिङ गरिएको यो गीत गायन, अभिनय र नृत्यको संगम रहेको भन्दै गायक-गायिका निकै आशावादी छन् ।

लन्डनका स्थायी बासिन्दा यी गायन जोडीले लन्डनमा मात्र नभई युरोपका विभिन्न शहरमा पनि आफ्नो प्रस्तुति देखाइसकेका छन्। 

गायक प्रमोद शर्मा भन्छन्- ‘हाम्रो गायन एकपटक सुनेर जाने विदेशीहरुले हामीलाई पुन सुन्न विदेशमै बोलाउँछन्। भर्खरै अमेरिकाको भर्जिनिया शहरमा हामीले एउटा सांगीतिक प्रस्तुति दियौं जुन निकै सफल रह्यो ।’ 

शर्मा सुप्रसिद्द ऊस्ताद संगीतकार स्व. हुतराज शर्माका सुपुत्र हुन् भने गायिका शर्मिला बर्देवाको परिवारमा धेरै सदस्य सांगीतिक क्षेत्रमै आवद्ध छन् ।

तीन दशकदेखि गायन क्षेत्रमा संलग्न उनी सानैदेखि सांगीतिक वातावरणमा हुर्केकी थिइन्    उनले शास्त्रीय संगीतमा डिप्लोमा गरेकी छन्।

भिडियो: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register