छ्याङदी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म

काठमाडौं । छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद असार २७ गतेसम्मलाई थप भएको छ । गत जेठ २३ गतेदेखि निष्कासनमा आएको कम्पनीको हकप्रद सेयरमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएकोमा अब, असार २७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत जेठ २ मा एक दिनका लागि बुक […]

Jun 26, 2025 - 05:56
 0
छ्याङदी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म

काठमाडौं । छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद असार २७ गतेसम्मलाई थप भएको छ । गत जेठ २३ गतेदेखि निष्कासनमा आएको कम्पनीको हकप्रद सेयरमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएकोमा अब, असार २७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत जेठ २ मा एक दिनका लागि बुक क्लोज गरेकोले जेठ १ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयर खरिद गर्न सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृति प्राप्त गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register