धरान क्लक टावर (तस्वीरहरू)

काठमाडौं । धरान शहरको केन्द्र मानिने भानु चोकमा क्लक टावर ‘धरान घण्टाघर’ छ । धरान घण्टाघर नगरको २० वर्षे योजनाअन्तर्गत निर्माण गरिएको हो । यसका लागि आर्थिक सहयोग हङकङ र मकाउमा रहेका धराने नेपाली आप्रवासीहरूको धरान हङकङ मञ्चमार्फत सङ्कलन गरिएको थियो । घण्टाघर सार्वजनिक रूपमा २०६२ साल (सन् २००५-२००६) मा उद्घाटन गरिएको थियो । यो […]

Apr 12, 2025 - 03:48
 0
धरान क्लक टावर (तस्वीरहरू)

काठमाडौं । धरान शहरको केन्द्र मानिने भानु चोकमा क्लक टावर ‘धरान घण्टाघर’ छ । धरान घण्टाघर नगरको २० वर्षे योजनाअन्तर्गत निर्माण गरिएको हो ।

यसका लागि आर्थिक सहयोग हङकङ र मकाउमा रहेका धराने नेपाली आप्रवासीहरूको धरान हङकङ मञ्चमार्फत सङ्कलन गरिएको थियो ।

घण्टाघर सार्वजनिक रूपमा २०६२ साल (सन् २००५-२००६) मा उद्घाटन गरिएको थियो ।

यो घण्टाघर हङकङको घडी टावर ‘चिम सा चुई क्लक टावर’ वा ‘फर्मर काउलुन (क्यान्टन रेल्वे क्लक टावर) को नमुनामा डिजाइन गरिएको छ । यसको उचाइ ७६.५ फिट छ र यसमा पाँच तला छ । हरेक तलामा धरानको ऐतिहासिक तथा धार्मिक महत्व बोकेका स्थानहरुको तस्वीर पनि सजाइएको छ ।

माथिल्लो भागमा एक अवलोकन मञ्च रहेको छ, जसबाट एकै समयमा झन्डै ५० जनाले सहरको दृश्यावलोकन गर्न सक्ने व्यवस्था गरिएको छ ।

मञ्चबाट भानु पहाडी भागमा बन्दै गरेको नयाँ बुद्धको प्रतिमा, मौलिक घर तथा सहरी घरहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।

साथै, घण्टाघरको परिधिमा १९८८ सालको नेपाल भूकम्प ‘२०४५ साल’ का पीडितहरूको स्मृतिमा एक स्मारक पनि निर्माण गरिएको छ । निर्माण गरीएको स्तम्भमा त्यस् कहाली लाग्दो दिनको बर्णन गरिएको छ ।

घण्टाघर परिसरमा अवलोककहरुको लागि एक सुन्दर बगैँचा पनि छ । जहाँ विभिन्न रुख तथा बिरुवाहरु रोपिएका छन् । जगिङका लागि ट्रयाक तथा बस्नका लागि आरम गर्न कुर्सी पनि निर्माण गरिएको छ ।

परिसरमा श्री सिद्धीविनायक गणेश मन्दिर पनि छ । साथै यो परिसर टीकटक, भिडियो तथा फोटो खिच्नको लागि पनि प्रसिद्ध बन्दै गएको छ ।

(धरान क्लक टावर परिसरका केही झलक)

धरान क्लक टावर

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register