भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपाली उद्धारपछि स्वदेश फर्किए

महेन्द्रनगर । भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जनाको गत बिहीबार र अन्य स्थानबाट २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधबार पश्चिमी नाका कञ्चनपुरस्थित गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था […]

Jun 26, 2025 - 06:11
 0
भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपाली उद्धारपछि स्वदेश फर्किए

महेन्द्रनगर । भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जनाको गत बिहीबार र अन्य स्थानबाट २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधबार पश्चिमी नाका कञ्चनपुरस्थित गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो ।

गड्डाचौकी नाका भएर स्वदेश ल्याइएका नेपालीहरूलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर विकलगायतले स्वागत गरे । उद्धार गरिएकाहरूलाई विहीबार आ–आफ्नो घर फिर्ता गराइनेछ ।

भारत पुगेका यी युवाहरूलाई विभिन्न ठाउँमा महिनौँसम्म बन्धक बनाएर अमानवीय व्यवहार गरिएको उनीहरूले बताएका छन् । उद्धार गरिएका व्यक्तिहरूमा चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५ जना, पाँचथर, तेह्रथुम, उदयपुरका ४/४ जना, दाङ, स्याङ्जा, बाँकेका ३/३ जना, डोटी, ताप्लेजुङ, धादिङका २/२ जना, सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम र रुपन्देहीका १/१ जना छन् ।

कन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीका अनुसार आइतबार उद्धार गरिएका २२ जनामध्ये ९ जना नावालिग छन् । अन्य १८ वर्षमाथिका नेपाली छन् । उनीहरूलाई जंगल क्षेत्रबाट भगाउँदै गर्दा उद्धार गरिएको जोशीले जानकारी दिए ।

बन्धक बनाउन सक्रिय गिरोहले उद्धारका लागि भारतीय प्रहरी, किन नेपालको उद्धार टोली आउँदै गरेको सूचना पाएपछि भागेको र बाँकी बन्धक बनाइएका नेपालीहरूलाई घर सारेर राखिरहेको जोशीले बताए ।

भारतमा अन्य पाँचसय बढी नेपालीलाई बन्धक बनाएको तथ्यांक आफूलाई प्राप्त भएको पनि जोशीले जानकारी दिए । जोशीले बन्धक बनाउने गिरोहले ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register