युक्रेन र अमेरिकाबीच अर्को हप्ता साउदी अरेबियामा हप्ता वार्ता हुँदै
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने शुक्रबार बताएका छन् । जेलेन्स्कीले यो ‘महत्वपूर्ण बैठक’ हुने आशा पनि व्यक्त गरेको बीबीसीको समाचारमा उल्लेख छ । त्यो बेला जेलेन्स्की खाडी देशमा हुनेछन्, तर वार्तामा भने उनले भाग लिने छैनन् । यसैबीच उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना […]

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने शुक्रबार बताएका छन् ।
जेलेन्स्कीले यो ‘महत्वपूर्ण बैठक’ हुने आशा पनि व्यक्त गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
त्यो बेला जेलेन्स्की खाडी देशमा हुनेछन्, तर वार्तामा भने उनले भाग लिने छैनन् ।
यसैबीच उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस–युक्रेन युद्ध अन्त्य गर्न शान्तिको लागि ‘नयाँ ढाका’मा छलफल गर्न चाहेको बताए ।
गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । सो क्रममा ट्रम्पले जेलेन्स्कीमाथि लडाइँ अन्त्य गर्न तयार नभएको आरोप लगाएका थिए ।
यसैबीच, अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बन्द गरेको छ र गुप्तचर जानकारी आदानप्रदान गर्न पनि छोडेको गरेको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घटनाप्रति दुःख व्यक्त गरेका छन् र देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।
बिहीबार विटकफले ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’सहितको पत्र प्राप्त गरेको बताए ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा ठूलो आक्रमण सुरु गरेको थियो । अहिले उसले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रणमा लिएको छ ।
सङ्कट शिखर सम्मेलनमा युरोपलाई धन्यवाद दिँदै जेलेन्स्कीले भने-‘हामी एक्लो छैनौँ’
What's Your Reaction?






