पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

काठमाडौँ ।  अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा विज्ञहरूले पत्रकार आचारसंहिता उल्लङ्घन र मिडिया नियमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई नै दिनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारमाथि विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुनु प्रेस स्वतन्त्रताविरुद्ध भएको बताइन्। उनले मिडियासम्बन्धी […]

Jun 27, 2025 - 17:46
 0
पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

काठमाडौँ ।

 अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा विज्ञहरूले पत्रकार आचारसंहिता उल्लङ्घन र मिडिया नियमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई नै दिनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारमाथि विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुनु प्रेस स्वतन्त्रताविरुद्ध भएको बताइन्। उनले मिडियासम्बन्धी उजुरी प्रेस काउन्सिलमार्फत हेर्नुपर्नेमा जोड दिइन्।

वरिष्ठ सम्पादक हरिबहादुर थापाले क्लिकबेट र ब्रेकिङको दबाबले पत्रकारिता जोखिममा परेको बताए। अर्का वक्ता राजेश राईले पत्रकार र मिडियामाथि राज्यले दमनकारी व्यवहार गरिरहेको भन्दै एकीकृत मिडिया कानुनको खाँचो औँल्याए।

प्रेस काउन्सिल नेपालका दीपक खनालले न्यु मिडियामा भाइरल र प्रचारमुखी सामग्रीको प्रवृत्तिले समस्या बढाएको बताए। सहभागीहरूले सबै पत्रकारले आचारसंहिता पालना गर्नुपर्नेमा सहमति जनाए।

नेपाल पत्रकार महासङ्घ पत्रकार आचारसंहिता अनुगमन तथा मानवअधिकार विभाग र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा आज भएको  ‘अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासङ्घका सचिव तथा विभागका प्रमुख रमेश खतिवडाको अध्यक्षता तथा महासङ्घका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।साथै  पत्रकार तथा सन्चारकर्मिहरुको बाक्लो उपस्थितिमा रहेको थियोे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register