ब्रिक्सको नीतिमा आबद्ध देशमाथि थप १० प्रतिशत कर लगाउने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकाकी डोनाल्ड ट्रम्पले ब्रिक्सका ‘अमेरिकाविरोधी नीति’हरूमा समर्थन जनाउने कुनै पनि देशमाथि थप १० प्रतिशत ट्यारिफ (भन्सार महसुल) लगाउने धम्की दिएका छन् । ब्राजिलको रियो द जेनेरियोमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । “ब्रिक्सको अमेरिकाविरोधी नीतिहरूमा आफूलाई संलग्न गराउने जुनसुकै देशले अबदेखि थप १० प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ । यस […]

Jul 7, 2025 - 08:11
 0
ब्रिक्सको नीतिमा आबद्ध देशमाथि थप १० प्रतिशत कर लगाउने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकाकी डोनाल्ड ट्रम्पले ब्रिक्सका ‘अमेरिकाविरोधी नीति’हरूमा समर्थन जनाउने कुनै पनि देशमाथि थप १० प्रतिशत ट्यारिफ (भन्सार महसुल) लगाउने धम्की दिएका छन् ।

ब्राजिलको रियो द जेनेरियोमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

“ब्रिक्सको अमेरिकाविरोधी नीतिहरूमा आफूलाई संलग्न गराउने जुनसुकै देशले अबदेखि थप १० प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ । यस नीतिमा कुनै अपवाद हुनेछैन । कृपया यो सन्देशलाई गम्भीरतापूर्वक लिनुहोस्,” ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन् ।

रियोमा आयोजित शिखर सम्मेलनको उद्घाटनपछि जारी संयुक्त वक्तव्यमा ब्रिक्स समूहले विश्व व्यापारमा बढ्दो ट्यारिफ नीतिले चिन्ता पैदा गरिरहेको बताउँदै यस्तो प्रवृत्तिले बहुपक्षीय कूटनीतिलाई कमजोर बनाएको टिप्पणी गरेको छ । संयुक्त वक्तव्यमा ट्रम्पको ट्यारिफ नीतिप्रति अप्रत्यक्ष आलोचना गरिएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले शिखर सम्मेलनको उद्घाटन भाषणमा ब्रिक्सलाई ‘नन-अलाइन्ड मुभमेन्ट’को उत्तराधिकारीको रूपमा चित्रण गरे । “बहुपक्षीयता आक्रमणमा परेको अवस्थामा हाम्रो स्वायत्तता फेरि खतरा मा परेको छ,” उनले भने ।

लुलाका अनुसार ब्रिक्स राष्ट्रले विश्वको आधाभन्दा धेरै जनसंख्या र झन्डै ४० प्रतिशत आर्थिक उत्पादन प्रतिनिधित्व गर्छ । व्यापारिक सम्मेलनलाई सम्बोधन गर्दै उनले बढ्दो संरक्षणवादी नीतिको खतराबारे चेतावनी दिए ।

सन् २००९ मा ब्राजिल, रूस, भारत, चीन मिलेर सुरु गरिएको ब्रिक्समा पछि दक्षिण अफ्रिका पनि समावेश भयो । गत वर्ष यसमा इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, र संयुक्त अरब इमिरेट्स (यूएई) थपिए । साउदी अरेबियाले हालसम्म पूर्ण सदस्यता नलिए पनि ३० भन्दा बढी राष्ट्रले ब्रिक्समा सहभागी हुने रुचि देखाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register