काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित भएका छन् । प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भने, “प्रमुख प्रशासकीय अधिकृतले निलम्बन गर्नुभएको भन्ने कुरा सुन्नमा आएको छ । औपचारिक जानकारी चाहिँ आइसकेको छैन ।” ६ जेठमा पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो […]

Jun 3, 2025 - 12:38
 0
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित भएका छन् । प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भने, “प्रमुख प्रशासकीय अधिकृतले निलम्बन गर्नुभएको भन्ने कुरा सुन्नमा आएको छ । औपचारिक जानकारी चाहिँ आइसकेको छैन ।”

६ जेठमा पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो । उनीमाथि उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेकोलगायतको आरोप लगाइएको थियो ।

काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि विदामा बसेका प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईं २९ चैतमा महानगरमा हाजिर हुन आएका थिए ।

तर, गुरागाईंलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा बाधा गरेको थियो । यही विषयमा पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो ।

१२ जेठमा पाण्डेले स्पष्टीकरण बुझाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register