रसुवा बाढी : सात जनाको मृत्यु, चार पालिका प्रभावित

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा तिब्बतबाट आएको बाढीमा परी अहिलेसम्म सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार सात जना मृत फेला परेका हुन् । बेपत्ता हुनेको संख्या १८ रहेको छ । मंगलबार बिहान करिब ३ बजे तिब्बतबाट आएको बाढीमा परी रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ […]

Jul 8, 2025 - 11:57
 0
रसुवा बाढी : सात जनाको मृत्यु, चार पालिका प्रभावित

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा तिब्बतबाट आएको बाढीमा परी अहिलेसम्म सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार सात जना मृत फेला परेका हुन् ।

बेपत्ता हुनेको संख्या १८ रहेको छ । मंगलबार बिहान करिब ३ बजे तिब्बतबाट आएको बाढीमा परी रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बाढीले गोसाइकुण्ड-१, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५ ,कालिका गाउँपालिका-१ प्रभावित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register