हाम्राे संस्कृति र सभ्यतामाथि हमला भइरहेकाे छ : केपी ओली

May 21, 2023 - 01:29
 0
हाम्राे संस्कृति र सभ्यतामाथि हमला भइरहेकाे छ : केपी ओली
हाम्राे संस्कृति र सभ्यतामाथि हमला भइरहेकाे छ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सभ्यता र संस्कृतिमाथि हमला भइरहेकाे बताउनुभएकाे छ ।

शनिबार अनेरास्ववियुकाे केन्द्रीय कमिटीकाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय परिचयपत्र बनाउँदा महिलाहरूले सिन्दुर पखाल्नु पर्ने नियम नेपालको संस्कृति विरुद्ध भएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे - 'मैले सुन्दैछु राष्ट्रिय परिचयपत्र लिँदा महिलाले सिन्दुर पुछ्नुपर्ने, पाेते निकाल्नुपर्ने कहाँकाे चलन हाे ? महिलाहरूलाई सिन्दुर पखाल्नका लागि पानी राखिएको हुन्छ, रुमाल राख्दिएको हुन्छ रे, नेपाली प्रचलनमा बिबाहित महिलाकाे सिन्दुर पुछेर परिचयपत्र ? त्यस्ताे परिचयपत्र फाल्दिए हुन्छ, अनि हामीले परिचयपत्र बनाउन टाेपी खाेल्नुपर्ने ।'

अरुकाे नक्कल गर्न आवश्यक नरहेकाे भन्दै अध्यक्ष ओलीले नेपाल एउटा राष्ट्र भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नेपाली राष्ट्रले टाेपी लगाउने मान्यता नपाउने ? टाेपी लगाएर खिचेकाे फाेटाेले मान्यता नपाउने,  कसैला नलाउन मन लागे नलाओस्, लाउन मन लाग्नेले लाउन पाउनुपर्छ ।'

सिन्दुर पुछ्ने र पाेते खाेल्ने कानुन कसले बनाउछ भन्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयाे । परिचयपत्र हाेस् या नागरिकता जेसुकै भएपनि त्याे परिपूर्ण हुनुपर्ने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'नजानिदाेगरी मसिनाेगरी, हाम्राे संस्कृत्ति, हाम्राे सभ्यतामाथि हमला भइरहेकाे छ, एक ठाउँमा मात्र हाेइन अनेक ठाउँमा हाम्राे संस्कृत्तिमाथि हमला भइरहेकाे छ, हाम्राे परम्पराका कतिपय सुन्दर पक्षमाथि, हाम्राे समाजकाे परिचयमाथि हमला भइरहेकाे छ  ।'

पहिचानकाे राजनीति जातका नाममा नभएर राष्ट्रका नाममा गर्नुपर्ने उहाँले सांस्कृतिक पहिचान मेट्न  खाेज्नु अपराध भएकाे बताउनुभयाे ।

स्वतन्त्रता भनेपछि जे पनि गर्न पाइन्छ भन्ने साेँच रहेकाे भन्दै अध्यक्ष ओलीले मर्यादित ठाउँमा मर्यादित पाेशाक लगाएर जानुपर्ने बताउनुभयाे । स्विमिङ पुलमा कस्टम लगाउन सकिने भन्दै उहाँले स्विमिङ पुलमा हुने पार्लामेन्टमा नहुने भन्दै कस्टुमसहित संसद्‍मा जान खाेज्न अस्वभाविक भएकाे बताउनुभयाे ।

वैज्ञानिक तथ्यमा विश्वास गर्नुपर्ने र न्यायलाई मान्नुपर्ने उहाँले बताउनुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1