आजको मौसम: यी प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

May 28, 2023 - 01:26
 0
आजको मौसम: यी प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने
आजको मौसम: यी प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ । 

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ९गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती भने कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०८० जेठ १४ गते (आइतबार)
दिउँसोː
 कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहनेछ।

२०८० जेठ १५ गते (सोमवार)
दिउँसोː 
कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली, र देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०८० जेठ १६ गते (मङ्गलवार)
दिउँसो: 
सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोसी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोसी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1