किभमा रुसको ड्रोन आक्रमण, शहरमा धुवाँको मुस्लो

काठमाडौँ । युक्रेनको राजधानी किभमा शुक्रबार बिहान रूसी ड्रोन आक्रमणपछि शहर धुवाँले ढाकिएको छ। युक्रेनी अधिकारीहरूका अनुसार, रातभर रुसले ५५० ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गरेकोछ। युक्रेनले अँध्यारो पर्ने बित्तिकै वायु रक्षा प्रणाली, ड्रोन र ठूला विस्फोटहरूको आवाज गुन्जिन थालेको जनाएको छ। यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच […]

Jul 4, 2025 - 12:36
 0
किभमा रुसको ड्रोन आक्रमण, शहरमा धुवाँको मुस्लो

काठमाडौँ ।

युक्रेनको राजधानी किभमा शुक्रबार बिहान रूसी ड्रोन आक्रमणपछि शहर धुवाँले ढाकिएको छ। युक्रेनी अधिकारीहरूका अनुसार, रातभर रुसले ५५० ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गरेकोछ।

युक्रेनले अँध्यारो पर्ने बित्तिकै वायु रक्षा प्रणाली, ड्रोन र ठूला विस्फोटहरूको आवाज गुन्जिन थालेको जनाएको छ। यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्ताको केही घण्टापछि भएको हो।

वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिन युक्रेन विरुद्धको युद्ध अन्त्य गर्न तयार नभएको भन्दै निराशा व्यक्त गरेका थिए। बिहीबार पुटिनसँगको कुराकानीपछि ट्रम्पले युद्ध अन्त्यको दिशामा “कुनै प्रगति नभएको” बताएका छन्।

यसैबीच, युक्रेनी ड्रोन आक्रमणमा रूसमा एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। बीबीसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register