स्वास्थ्यकर्मीलाई तत्काल तलब उपलब्ध गराइयाेस् : भगवति न्याैपाने

May 28, 2023 - 08:17
 0
स्वास्थ्यकर्मीलाई तत्काल तलब उपलब्ध गराइयाेस् : भगवति न्याैपाने
स्वास्थ्यकर्मीलाई तत्काल तलब उपलब्ध गराइयाेस् : भगवति न्याैपाने

काठमाडाैं । नेकपा एमालेकी सांसद् भगवति न्याैपानेले स्वास्थ्यकर्मीहरुलाई तत्काल तलब उपलब्ध गराउन सकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

आइतबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् न्याैपानेले स्थानीय तहका १५ सय बढी स्वास्थ्यकर्मीले विगत ७-८ महिनादेखि तलब नपाएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - '२ सय बढी संस्थाका स्वाथ्यकर्मी, नर्स, अहेब लगायतका १५ सय बढीले ७-८ महिनादेखि तलब भत्ता पाइराखेका रहेनछन्, याे धेरै दु:खकाे कुरा हाे, काम गर्ने, काम लगाउने, तर तलब नदिने, किन तलब पाएका रहेनछन् भन्दा गाउँपालिका-स्थानीय तहले तलब दिन सकेकाे छैन, किन दिन सकेन भन्दा संघीय सरकारले पठाएकै छैन ।'

यस विषयमा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउँदै सांसद् न्याैपानेले भन्नुभयाे - 'स्वास्थ्यकर्मीहरुलाई तत्काल तलब दिने व्यवस्था गरियाेस्, म सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु ।' देशकाे अर्थतन्त्र कुन अवस्थामा छ भन्ने कुराकाे पुष्टि यस विषयले पनि गरेकाे उहाँले बताउनुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1