सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

May 28, 2023 - 07:57
 0
सवारी दुर्घटनामा परी १० जनाको मृत्यु
सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार सुनसरी, झापा, रोल्पा, सिरहा, सप्तरी, कास्की, धनुषा, सुर्खेत र सर्लाहीमा भएका विभिन्न दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

घटना विवरण अनुसार सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित सडकमा को.७ प ७५३५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ६० वर्षीय लिलाकान्त पण्डितको मृत्यु भएको छ ।

बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पण्डितको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–४ जोर लावरस्थित सडकमा ना.४ ख १३१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री पाँचथर हिलिहाङ गाउँपालिका–६ घर भई झापा बुद्धशान्ति गाउँपालिका–४ स्थित ठुलीआमाको घरमा बस्ने आशिष तामाङकी छोरी ८ वर्षीया सोमिया तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ चतुर्भुज मोडमा लु.८७ प २०६८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा चालक प्युठान स्वर्गद्वारी नगरपालिका–८ धनचौर बस्ने १६ वर्षीय सागर सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, सिरहाको गोलबजार नगरपालिका–७ स्थित सडकमा स.७ प २६१२ नम्बरको मोटरसाइकल र प्र.२–०१–००३ प ६३२१ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक नरहा गाउँपालिका–३ बस्ने २४ वर्षीय रन्जित साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जनामध्ये २ जनालाई थप उपचारको विराटनगरतर्फ रिफर गरिएको छ भने १ जनाको मिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।

त्यसैगरी, सिरहाकै कर्जन्हा नगरपालिका–३ स्थित सडकमा स.९ प १४६३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक गोलबजार नगरपालिका–६ बस्ने ३० वर्षीय जनक बिकको मृत्यु भएको छ । उक्त स्थानमा स.९ प १४६३ नम्बरको मोटरसाइकल र बागमती प्र.०६–०१ प.८८२० नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खादा स.९ प १४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई टिपरमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बिकको फुलकुमारी महतो मिमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका स.९ प १४६३ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । प्रहरीले बागमती प्र.०६–०१ प.८८२० नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर चालकको खोजी गरिरहेको छ ।

यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कंकालिनी मन्दिर नजिक सडकमा प्र.२–०१–००१प ३०२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भई हाल सप्तरी हनुमाननगर कंकालिनीस्थित मामा घरमा बस्दै आएकी बिशेश्वर सिंहकी छोरी ९ वर्षीया निकी कुमारी सिंहको मृत्यु भएको छ ।

बुधबार दिउँसो मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित सडकमा बागलुङबाट पोखरातर्फ जाँदै गरेको लु.३ च ५१२ नम्बरको जिपको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । ठककरबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, धनुषाको गणेशमान चारनाथ गाउँपालिका–३ स्थित भित्री सडकमा वीरेन्द्र बजारबाट जुरीतर्फ जाँदै गरेको ज.६ प ४७९० नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक धनुषाधाम नगरपालिका–७ बस्ने ४० वर्षीय राजकुमार शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुलेस्थित सडकमा तिनकुनेचोकबाट मंगलगढी चोकतर्फ जाँदै गरेको क.प्र. ०२००१ ज.०५७३ नम्बरको जिपमा क.प्र.०२००१ प ७८७४ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हुम्ला ताजाकोट गाउँपालिका–१ घर भई सुर्खेत वीरेन्द्नगर नगरपालिका–१२ पिपिरा डेरा गरी बस्ने ३५ वर्षीय अकबिर खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया नर्सिङ होम सुर्खेत हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ स्थित शिवशक्ति इँटा उद्योगमा को.१ त ४७०४ नम्बरको ट्याक्टरमा इँटा लोड गरी अगाडि बढाउने क्रममा ट्याक्टरको चक्काले किच्चिएर सोही उद्योगमा काम गर्ने भारत घर भएका ३० वर्षीय श्याम बर्माको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1