प्रधानमन्त्री प्रचण्ड पुग्नुअघि महाकालेश्वर मूल प्रवेशद्वार नै भत्कियो, मानवीय क्षति भएन

Jun 2, 2023 - 01:23
 0
प्रधानमन्त्री प्रचण्ड पुग्नुअघि महाकालेश्वर मूल प्रवेशद्वार नै भत्कियो, मानवीय क्षति भएन
प्रधानमन्त्री प्रचण्ड पुग्नुअघि महाकालेश्वर मूल प्रवेशद्वार नै भत्कियो, मानवीय क्षति भएन

उज्जैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्य प्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउनुभन्दा एक दिनअघि ‘श्री महाकाल लोक’ करिडोरको मुख्य प्रवेशद्वार भत्किएको छ । 

हिजो पिलरको माथिल्लो भागमा सिमेन्टले बनेको सजावटी भाग खसेको हो । चार दिनअघि पनि हावाहुरीका कारण ‘श्री महाकाल लोक’ करिडोरका ६ वटा मूर्ति ध्वस्त भएका थिए । यसरी टुटेका मूर्तिहरू त्यहाँ स्थापित सात ऋषिहरू ६ वटा थिए, जुन लगभग ११ फिट उचाइका थिए ।

एबिपी लाइभका अनुसार हिजो मुख्य प्रवेशद्वार भत्किदा त्यहाँ उपस्थित भक्तजनमा त्रास फैलिएको थियो तर सो घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

मुख्य प्रवेशद्वारको छत टुटेको घटनाबारे सोध्दा महानगरका प्रहरी उपरीक्षक ओमप्रकाश मिश्रले भन्नुभयो, ‘कुनै मानवीय क्षति भने भएको छैन । भगवानलाई धन्यवाद, कुनै पनि अप्रिय घटना भएन।’  

महाकाल लोक करिडोरको मुख्य प्रवेशद्वार नन्दी द्वारमा उक्त घटना भएको हो । 

नेपालका प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ः०० बजे उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरको दर्शन गर्न आउँदै हुनुहुन्छ । उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिर देशका १२ ज्योतिर्लिङ्ग मध्ये एक हो। यहाँ देश तथा विदेशबाट ठुलो सङ्ख्यामा भक्तजन जाने गर्दछन् ।

मध्य प्रदेशका गभर्नर मंगुभाइ पटेलले नेपालका प्रधानमन्त्रीलाई महाकाल मन्दिरको महाकाल लोकको नन्दी द्वारमा स्वागत गर्ने एक अधिकारीले जानकारी दिनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1