कुम्भ मेलामा भागदौड, कम्तीमा १४ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। भागदौडमा कम्तिमा ४०/५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको दैनिक भास्करले जनाएको छ। यद्यपि भागदौडमा कतिजना घाइते भए र कतिको मृत्य भयो भन्ने आधिकारिक जानकारी […]

Jan 29, 2025 - 04:59
 0
कुम्भ मेलामा भागदौड, कम्तीमा १४ जनाको मृत्यु

एजेन्सी ।

भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। भागदौडमा कम्तिमा ४०/५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको दैनिक भास्करले जनाएको छ। यद्यपि भागदौडमा कतिजना घाइते भए र कतिको मृत्य भयो भन्ने आधिकारिक जानकारी आइसकेको छैन।

भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन्। भागदौडपछि प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले बताए। होहल्लाका कारण एकाएक भागदौड मच्चिएको जनाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register