प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला

Jun 5, 2023 - 08:21
 0
प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला
प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा होहल्ला भइरहेको छ । भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरिरहेका छन् । 

प्रधानमन्त्री प्रचण्डले बोलिरहँदा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएर सुरु भएको विरोध र होहल्ला चलिरहेको छ । सत्तापक्ष र प्रतिपक्षी सांसदहरु एकअर्काविरुद्ध होहल्ला गरिरहेका छन् । 

सांसदहरुले प्रतिनिधिसभा नियमावलीको कुन नियमअनुसार आफूले नियमापत्ति जनाएको हो खुलाउन सकेका छैनन् । तर, उनीहरु होहल्ला भने गरिरहेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1