उद्योगमा लोडसेडिङ घटाएकोप्रति नेपाल धागो उत्पादक संघको सरकारलाई धन्यवाद

काठमाडौं । सरकारले भारतबाट थप विद्युत आपूर्ती गर्दै उद्योगमा लोडसेडिङ घटाएकोप्रति नेपाल धागो उत्पादक संघले सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष पवनकुमार गोल्यानले सरकारलाई धन्यवाद भनेका हुन् । सरकारको कदमबाट संघ उत्साहित रहेको उनको भनाइ छ । ‘औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल […]

Mar 30, 2025 - 12:58
 0
उद्योगमा लोडसेडिङ घटाएकोप्रति नेपाल धागो उत्पादक संघको सरकारलाई धन्यवाद

काठमाडौं । सरकारले भारतबाट थप विद्युत आपूर्ती गर्दै उद्योगमा लोडसेडिङ घटाएकोप्रति नेपाल धागो उत्पादक संघले सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष पवनकुमार गोल्यानले सरकारलाई धन्यवाद भनेका हुन् । सरकारको कदमबाट संघ उत्साहित रहेको उनको भनाइ छ ।

‘औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकज्यू, उर्जामन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू तथा समग्र पहलकदमी लिने प्रधानमन्त्रीज्यूमा संघको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ,’ अध्यक्ष गोल्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’

औद्योगिक क्षेत्रले २४ घण्टा नै विद्युत उपभोगको सुनिश्चितता प्रदान गर्न पनि संघले सरकारसँग माग गरेको छ । संघबाट आवद्ध उद्योगहरुबाट हुने उत्पादनको ८० प्रतिशतभन्दा बढी वस्तु अहिले विभिन्न देशमा निर्यात भइरहेकाले लोडसेडिङ हटेमा उत्पादनसँगै आयात पनि बढ्ने संघको भनाइ छ । संघले उद्योग सञ्चालनको वातावरण निर्माणका लागि खरो उत्रिन सरकारसँग माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register