नेपाली काँग्रेस वडा नं २ को शुभकामना आदान प्रदान  कार्यक्रम ।

Aug 3, 2024 - 08:26
 0
नेपाली काँग्रेस वडा नं २ को शुभकामना आदान प्रदान  कार्यक्रम ।

श्रावण १९, काठमाडौं ।  काठमाडौं महानगरपालिका नेपाली काँ्रग्रेस वडा न ं२ को तर्फबाट आज काठमाडौमा आयोजित एक कार्यक्रमबिच यस क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित भई मन्त्री भएका नव नियुक्त संघीय स्वास्थ्य  तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र बागमती प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री श्याम बहादुर खडकालाई शुभकामना व्यक्त गरिएको छ । 
सो शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै संघीय मन्त्री प्रदीप पौडेलले हरेक सप्ताह शनिबार आफुले  आफनौ क्षेत्रको लागि समय छुटटाएर  

जनताको सुभाव तथा जानकारी लिन समय छुटटाएको र यो  आफनो  पहिलो प्राथमिकता रहेको बताउँदै मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयलाई थप प्रभावकारी बनाउन आफुले पुर्व स्वास्थय मन्त्री, पुर्व स्वास्थ्य सचिवहरुसंग बिशेष सुझाव तथा परामर्श लिएको जानकारी गराउनु भयो । 


यसैगरी सो कार्यक्रममा बोल्दै बागमती प्रदेशका नवनियुक्त खानेपानी तथा ऊर्जा मन्त्री श्याम बहादुर खडकाले काठमाडौंमा दैनिक जीवनमा प्रयोग हुने शुद्ध खानेपानीको भन्दा दैनिक प्रयोगमा आउने पानीको समस्या रहेकाले आफु यस  समस्यालाई समाधान गर्न प्रयासरत रहेको बताउनु भयो । 
कार्यक्रममा काठमाडौं महानगरपालिका नेपाली काँग्रेस वडा नं ५ ईकाईका सभापति धर्म खनालले पनि मन्त्रीद्धयलाई शुभकामना दिनु भएको थियो । 
कार्यक्रममा नेपाली काँग्रेस काठमार्डौ जिल्लाका सभापति गोकणर् के.सीले नेपाली काँग्रेसले त्यागी कार्यकर्तालाई  सदैव सम्मान गर्नु पर्नेमा जोड दिनु भयो । 
कार्यक्रमका  सभापति तथा नेपाली काँग्रेस वडा नं २ ईकाईका सभापति उत्तमराज भण्डारीले मन्त्रीद्धयलाई शुभकामना दिंदै सवैलाई धन्यवाद दिनु भएको थियो । 
कार्यक्रममा सहभागीहरुले मन्त्रीद्धयसंग विभिन्न विषयमा जिज्ञासा समेत राखेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register