धनतेरसको पावन पर्वको उपलक्ष्यमा तपाईलाई हार्दिक मंगलमय शुभकामना

धनतेरस, जसलाई धनत्रयोदशी पनि भनिन्छ, भारत र नेपाल लगायत अनेकौं  राष्ट्रहरूमा हिन्दू धर्मावलम्बीहरुले मनाउने दीपावली अथवा तिहारको पहिलो दिन हो। यो हिन्दू पात्रो महिना कार्तिक कृष्ण पक्षको तेह्रौं चन्द्र दिनमा मनाइन्छ।

Nov 2, 2021 - 13:19
Nov 2, 2021 - 13:21
 0
धनतेरसको पावन पर्वको उपलक्ष्यमा तपाईलाई  हार्दिक मंगलमय शुभकामना

ॐ धनवन्तरयै नमः


धनतेरस, जसलाई धनत्रयोदशी पनि भनिन्छ, भारत र नेपाल लगायत अनेकौं  राष्ट्रहरूमा हिन्दू धर्मावलम्बीहरुले मनाउने दीपावली अथवा तिहारको पहिलो दिन हो। यो हिन्दू पात्रो महिना कार्तिक कृष्ण पक्षको तेह्रौं चन्द्र दिनमा मनाइन्छ।

उज्यालो ज्ञानको प्रतीक हो र अज्ञानता अन्धकारको । परब्रह्म भनेको "ज्ञान सिद्धान्त" (चैतन्य) हो जो सबै ज्ञानको स्रोत, जीवंत र प्रकाशक हो। त्यसैले प्रकाशलाई नै परब्रह्म भनिन्छ।

जसरी उज्यालोले अन्धकारलाई हटाउँछ, यसैगरी नै ज्ञानले अज्ञानतालाई हटाउँछ। साथै ज्ञान एक स्थायी आन्तरिक धन हो, जसबाट सबै उपलब्धिहरू प्राप्त गर्न सकिन्छ। त्यसैले हामी  सबैभन्दा ठूलो धन-ज्ञानलाई नमन गर्न दियो बाल्छौं। जसरी दियो बाल्दा दियोको प्रकाशले वरिपरी उज्यालो फैलाउँछ यसैगरी यसको अनुभूतिले हाम्रो आत्मालाई पनि उज्यालो बनाउँदछ।

जसरी दियोको ज्वाला सधै माथितिर लम्की रहन्छ त्यसैगरी हामीले पनि उच्च आदर्श को लागि, दियोको प्रकाश छैंन बन्नको लागि सदैव ज्ञानको सागर रुपी अमृत  पिउने पुरुषार्थ गर्नुपर्दछ।

धनतेरसको पावन पर्वको उपलक्ष्यमा तपाईलाई भगवान धन्वन्तरीले सुस्वास्थ्य, दिर्घायु र वैभवको आशीर्वाद दिउन।


पाठक वर्गहरुलाई हाम्रो ग्लोबल मिडियाको तर्फबाट अनेकौं शुभकामना | 

तपाईं पनि (www.hamroglobalmedia.com) मा लेख लेख्न सक्नुहुन्छ।
यो हाम्रो साझा पोर्टल हो। आजै खाता खोल्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register