प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्युपछि सुर्खेत तनावग्रस्त

वीरेन्द्रनगर — प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्यु भएको घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् ।

Mar 5, 2022 - 11:48
 0
प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्युपछि सुर्खेत तनावग्रस्त

बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बर ट्रकमा सुर्खेत आउँदै गर्दा कालीकोट नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमाल, ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि वीरेन्द्रनगरमा आन्दोलन उठेको हो ।

परिवार, आफन्तसहित आन्दोलनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् ।

सुर्खेतको सुब्बा कुनाबाट प्रहरीले नियन्त्रणमा लिएका हमाललाई मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । तर स्थानीयले शवमा नील डाम देखिएको भन्दै प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाउँदै आएका छन् । अस्पतालले भने यस घटनाबारे विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।

अहिले मृतकका आफन्त र स्थानीयको आन्दोलनका कारण वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । उनीहरूले शनिबार दिउँसो करिब १ बजेदेखि वीरेन्द्रनगरमा आन्दोलन जारी राखेका हुन् । आन्दोलन हिंसात्मक बन्ने खतराले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पदम विष्टले घटनाबारे अनुसन्धान भइरहेको जनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register