वीरेन्द्रनगरमा झडप हुँदा १८ प्रहरी घाइते, २३ प्रर्दशनकारी नियन्त्रणमा

सुर्खेत - एमसीसीको विरोधमा प्रदर्शनकारी उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् । 

Mar 1, 2022 - 05:39
 0
वीरेन्द्रनगरमा झडप हुँदा १८ प्रहरी घाइते, २३ प्रर्दशनकारी नियन्त्रणमा

प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् ।

घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् ।

 ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार घाइते प्रहरीमध्ये नौ जनालाई उपचारको लागि अस्पताल लगिएको छ, भने बाँकी नौ जना सामान्य घाइते छन् ।

दुईजना सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनका कारण सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको हो । 

हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो । हिजो बन्दकर्ताले बेलुका सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी र तोडफोड गरेका थिए । 

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register