विष्णुमतीको बाढीले बगाएको कारबाट महिलाको उद्धार

झापा, १२ असार । काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ । गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो । बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरिएको छ । गएराति १० बजे भएको सो दुर्घटनाको उद्धारमा [...] The post विष्णुमतीको बाढीले बगाएको कारबाट महिलाको उद्धार appeared first on Jhapa Online.

Jun 26, 2025 - 04:15
 0
विष्णुमतीको बाढीले बगाएको कारबाट महिलाको उद्धार

झापा, १२ असार । काठमाडौँको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ । गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो ।

बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरिएको छ । गएराति १० बजे भएको सो दुर्घटनाको उद्धारमा प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापा र ट्राफिक प्रहरी खटिएका थिए ।

सो कारले नम्बर नखुलेको भाडा कारलाई साइड दिने क्रममा ईभीगाडी बाटोमा भासिएर खोलामा खसेको थियो । उद्धार गरिएकी महिलाको ग्रिनसिटी अस्पतालमा उपचार हुँदै छ ।

कार कञ्चनपुर घर भएर धुम्बाराही बस्ने ३५ वर्षीय अङ्कुश सिंहले चलाएका थिए । चालक आफैँ कारबाट निस्केर बाहिर आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताएका छन् ।

The post विष्णुमतीको बाढीले बगाएको कारबाट महिलाको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register