प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश, सार्वजनिक गरेका तथ्यको प्रमाण पेस गर्न सकेमा हिरासतमुक्त हुने

उनले आफूले सार्वजनिक गरेका तथ्यको प्रमाण पेस गर्न सकेमा हिरासतमुक्त हुन सक्छन् । तर, प्रमाण पेस गर्न नसके जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आधार बन्न सक्छ ।

Nov 24, 2024 - 09:29
 0
प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश, सार्वजनिक गरेका तथ्यको प्रमाण पेस गर्न सकेमा हिरासतमुक्त हुने

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।

आइतबार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइपछि प्रसाईंलाई न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले उपस्थित गराउन आदेश जारी गरेको हो ।

प्रसाईंलाई थुनामा राख्नुको कारण सोध्दै कारण देखाऊ आदेश जारी भएको छ । प्रसाईंलाई अर्को पेसीमा उपस्थित गराउन आदेश दिइएको छ ।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गएको शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रसाईंले प्रधानमन्त्री ओलदीविरुद्ध भ्रामक प्रचार गरेको आरोप  छ  अदालतमा उपस्थित भई उनले आफूले सार्वजनिक गरेका तथ्यको प्रमाण पेस गर्न सकेमा हिरासतमुक्त हुन सक्छन् ।

तर, प्रमाण पेस गर्न नसके जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आधार बन्न सक्छ ।

यही मंसिर ४ गते प्रसाईंलाई सीआईबी टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । हाल उनी नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानमा हिरासतमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register