पाँच पटकको विश्वविजेता ब्राजिल लगातार दोस्रो खेलमा बराबरीमा रोकियो

काठमाडौं । सन् २०२६ मा हुन गइरहेको विश्वकप फुटबल छनोटमा ब्राजिल लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । बुधबार घरेलु मैदानमा भएको खेलमा सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिल उरुग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको हो । फेडेरिको भाल्भर्डेले खेलको ५५ औँ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ब्राजिलका गेर्सनले ६२ औँ मिनेटमा गोल गर्दै […]

Nov 20, 2024 - 06:23
 0
पाँच पटकको विश्वविजेता ब्राजिल लगातार दोस्रो खेलमा बराबरीमा रोकियो

काठमाडौं । सन् २०२६ मा हुन गइरहेको विश्वकप फुटबल छनोटमा ब्राजिल लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।

बुधबार घरेलु मैदानमा भएको खेलमा सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिल उरुग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

फेडेरिको भाल्भर्डेले खेलको ५५ औँ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ब्राजिलका गेर्सनले ६२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

ब्राजिल यसअघिको खेलमा पनि भेनुजुएलासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

यस बराबरीले दुई पटकको विश्वविजेता उरुग्वे तालिकाको दोस्रो स्थानमा कायम छ । ब्राजिलले भने पाँचौ स्थानमा चित्त बुझाएको छ ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा विश्वविजेता अर्जेन्टिना छ ।

दक्षिण अमेरिकाका १० मध्ये ६ टोली सिधै विश्वकपमा छनोट हुनेछन् । सातौँ स्थानको टोलीले प्ले अफ खेल्न पाउँछ ।

पेरूमाथि विश्वविजेता अर्जेन्टिनाको कठिन जित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register