द डिजर्ट भाइपर्सले गर्यो कुशल मल्ललाई अनुबन्ध
काठमाडौं । यूएईको इन्टरनेशनल लिग टी–२० आईएलटी–२० को टोली द डिजर्ट भाइपर्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ललाई अनुबन्ध गरेको छ । मङ्गलबार भाइपर्सले आफ्नो सामजिक सञ्जालमार्फत कुशललाई अनुबन्ध गरेको जानकारी दिएको छ । हालै सम्पन्न नेपाल प्रिमियर लिग एनपीएलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २२३ रन बनाउनुका साथै ९ विकेट लिएका […]

काठमाडौं । यूएईको इन्टरनेशनल लिग टी–२० आईएलटी–२० को टोली द डिजर्ट भाइपर्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ललाई अनुबन्ध गरेको छ ।
मङ्गलबार भाइपर्सले आफ्नो सामजिक सञ्जालमार्फत कुशललाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग एनपीएलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २२३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।
क्रिकेट कमेन्टेटर एन्ड्र्यू लियोनार्डले पनि एनपीएल स्टार मल्लले प्रतियोगितामा भाइपर्सबाट खेल्ने बताएका छन् ।
यूएईमा आईएलटी–२० जनवरी ११ देखि फेब्रुअरी ९ सम्म आयोजना हुनेछ ।
What's Your Reaction?






