प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीस्वरुप बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी नहुने भएका छन् । उनले आज (सोमबार) बिहान सामाजिक सञ्जाल एक्समार्फत् यसको जानकारी दिएका हुन् । आफू गृहजिल्ला गोरखा जान लागेकाले चीन भ्रमणको सन्दर्भमा प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने जानकारी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक भट्टराईले […]

Nov 25, 2024 - 02:29
 0
प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीस्वरुप बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी नहुने भएका छन् ।

उनले आज (सोमबार) बिहान सामाजिक सञ्जाल एक्समार्फत् यसको जानकारी दिएका हुन् ।

आफू गृहजिल्ला गोरखा जान लागेकाले चीन भ्रमणको सन्दर्भमा प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने जानकारी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक भट्टराईले दिएका छन् ।

यस क्रममा उनले प्रधानमन्त्री ओलीलाई केही सुझाव भने दिएका छन् ।

दुई उदीयमान र प्रतिस्पर्धी शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेतर्फ सरकारले ख्याल गर्नुपर्नेलगायत उनका सुझाव छन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीका लागि भन्दै आज बिहान ११ बजे पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र मन्त्रीहरूसँग छलफल गर्दैछन् ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू प्रायः सबै सहभागी हुने भए पनि स्वास्थ्यका कारण लोकेन्द्रबहादुर चन्द भने सहभागी नहुने यसअघि प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले नेपालभ्युजलाई जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री ओलीलाई नजिकको छिमेकी देश भारतले निम्तो दिएको छैन । यसैले उनी अर्को छिमेकी चीनको भ्रमणमा जान लागेका हुन् ।

चीन भ्रमणको तयारीमा प्रधानमन्त्री ओली : पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register