महँगो धरहरा चढ्नेहरु बढे… (तस्विरहरु) 

काठमाडौँ । सर्वसाधारणका लागि खुला भएको धरहरा चढ्नेहरुको भीड बढेको छ । धरहरा चढ्न महँगो शुल्क तिर्नुपर्ने भए पनि धरहरा चढ्नेहरुको भीड बढेको हो ।  अहिले धरहरा चढ्न नेपाली सर्वसाधारणले दुई सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकले पाँच सय रुपैयाँ र विदेशी पर्यटकले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका […]

Nov 25, 2024 - 02:29
 0
महँगो धरहरा चढ्नेहरु बढे… (तस्विरहरु) 

काठमाडौँ । सर्वसाधारणका लागि खुला भएको धरहरा चढ्नेहरुको भीड बढेको छ । धरहरा चढ्न महँगो शुल्क तिर्नुपर्ने भए पनि धरहरा चढ्नेहरुको भीड बढेको हो । 

अहिले धरहरा चढ्न नेपाली सर्वसाधारणले दुई सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकले पाँच सय रुपैयाँ र विदेशी पर्यटकले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउनेछन् ।

यसअघि संविधान दिवस (असोजगतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो । शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register