इजरायल र हमासबीचको वार्ता ९० प्रतिशत पूरा
काठमाडौं । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायल र हमासबीचको वार्ता ९० प्रतिशत पूरा भएको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बताएका छन् । इजरायल र हमासबीच दोहामा भइरहेको वार्ताको जानकारी प्यालेस्टिनी अधिकारीले सार्वजनिक गरेका हुन् । ‘तर ठूला विषयमा भने वार्ता हुन सकेको छैन, जसमा काम गर्न बाँकी छ,’ उनले भने, ‘यी प्रमुख मुद्दाहरूमध्ये एक […]

काठमाडौं । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजरायल र हमासबीचको वार्ता ९० प्रतिशत पूरा भएको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
इजरायल र हमासबीच दोहामा भइरहेको वार्ताको जानकारी प्यालेस्टिनी अधिकारीले सार्वजनिक गरेका हुन् ।
‘तर ठूला विषयमा भने वार्ता हुन सकेको छैन, जसमा काम गर्न बाँकी छ,’ उनले भने, ‘यी प्रमुख मुद्दाहरूमध्ये एक फिलाडेल्फिया कोरिडोरमा इजरायली सैन्य उपस्थिति हो, जुन इजिप्टको सीमानास्थित दक्षिणी गाजामा छ । यो क्षेत्र रणनीतिक रूपमा महत्त्वपूर्ण भूमि हो ।’
यसमा इजरायलसँगको गाजाको सीमानामा धेरै किलोमिटर चौडा बफर जोन बनाउनु पनि समावेश रहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
ती अधिकारीका हनुसार इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राख्नेछ ।
उनले यी समस्या समाधान भएपछि केही दिनभित्रै युद्धविरामको सहमति हुन सक्ने र तीन चरणमा कार्यान्वयन हुने बताए ।
युद्धविरामको पहिलो चरणअन्तर्गत रिहा गरिएका प्रत्येक महिला सिपाहीका लागि २० प्यालेस्टिनी कैदी आदानप्रदान गरिने छ ।
‘इजरायली बन्धकहरूलाई चरणबद्ध रूपमा रिहा गरिनेछ, किनकि यो विश्वास गरिन्छ कि हमासले अझै केही बेपत्ता बन्धकहरूलाई पत्ता लगाउन बाँकी छ,’ ती अधिकारीले भने ।
गाजामा अझै ९६ इजरायली बन्धक छन् । यीमध्ये ६२ जना जीवित रहेको इजरायली पक्षको अनुमान छ ।
What's Your Reaction?






