काठमाडौं महानगरले हुलाक र इमेलबाट पठायो एमालेलाई जरिवानाको सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई इमेल र हुलाकमार्फत जरिवाना पत्र पठाएको छ । आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिवानाको सूचना बुझ्न अस्वीकार गरेको थियो । सोमबार बिहान हुलाक र इमेलबाट एमालेलाई पत्र पठाइएको महानगरका एक कर्मचारीले बताए । गत शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको एमालेले जागरण […]

Nov 25, 2024 - 07:59
 0
काठमाडौं महानगरले हुलाक र इमेलबाट पठायो एमालेलाई जरिवानाको सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई इमेल र हुलाकमार्फत जरिवाना पत्र पठाएको छ ।

आइतबार महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले जरिवानाको सूचना बुझ्न अस्वीकार गरेको थियो ।

सोमबार बिहान हुलाक र इमेलबाट एमालेलाई पत्र पठाइएको महानगरका एक कर्मचारीले बताए ।

गत शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको एमालेले जागरण सभा आयोजना गरेको थियो । सडक र पेटीमा भएको फोहोर आफैँले सफा गरेको एमालेको दाबी छ ।

तर, फोहोर नउठाएको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register