जनकपुर पुगेर देउवाले भने– बीआरआईमार्फत ऋण होइन, अनुदान लिने हो

जनकपुरधाम । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत ऋण नभएर अनुदान सहयोग लिइने बताएका छन् । धनुषाका कांग्रेसका प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण कार्यक्रमका लागि सोमबार जनकपुरधाम आइपुगेका उनले बीआरआईमार्फत ऋण नभएर अनुदान सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको स्पष्ट पारेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा […]

Nov 25, 2024 - 07:59
 0
जनकपुर पुगेर देउवाले भने– बीआरआईमार्फत ऋण होइन, अनुदान लिने हो

जनकपुरधाम । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत ऋण नभएर अनुदान सहयोग लिइने बताएका छन् ।

धनुषाका कांग्रेसका प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण कार्यक्रमका लागि सोमबार जनकपुरधाम आइपुगेका उनले बीआरआईमार्फत ऋण नभएर अनुदान सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको स्पष्ट पारेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ’ऋण होइन, अनुदान लिनुपर्छ ।’

बीआरआई परियोजनाबारे अहिले छलफल जारी रहेको र छिट्टै एउटा निष्कर्षमा पुगिने उनले बताए ।

‘बीआरआई परियोजनाबारे छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ,’ उनले थपे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गर्दै देउवाले सत्ता गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट पारे ।

उनले कांग्रेस–एमालेको वर्तमान गठबन्धन रहिरहने भएकाले संघीय सरकारमा कुनै समस्या नआउने दाबी गरे । ‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलकोसमेत निर्णय र सहमतिअनुसार हुन्छ,’ उनले भने ।

कांग्रेस सभापति देउवाले सोमबार दिउँसो लोहनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनीसँगै कांग्रेसका नेता विमलेन्द्र निधि पनि जनकपुर आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register