भानुआटुमा भूकम्प : मृत्यु हुनेको संख्या १४ पुग्यो, २०० जना घाइते

काठमाडौं । भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । भानुआटुमा मंगलबार गएको ७.३ म्याग्निच्युडको भूकम्पमा परी २०० जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । सरकारी टोली बुधबार बिहान उद्धारमा व्यस्त छन् । भूकम्पबाट भवनहरू ध्वस्त भएको पाइएको […]

Dec 18, 2024 - 03:51
 0
भानुआटुमा भूकम्प : मृत्यु हुनेको संख्या १४ पुग्यो, २०० जना घाइते

काठमाडौं । भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

भानुआटुमा मंगलबार गएको ७.३ म्याग्निच्युडको भूकम्पमा परी २०० जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

सरकारी टोली बुधबार बिहान उद्धारमा व्यस्त छन् । भूकम्पबाट भवनहरू ध्वस्त भएको पाइएको छ ।

भानुआटु प्रहरीले सात दिनका लागि ‘आपतकालिन अवस्था’ लागू गरिएको जनाएको छ । मानिसहरूको आवतजावतलाई सीमित गर्नका लागि यो गरिएको हो ।

भानुआटु दक्षिण प्रशान्त क्षेत्रमा पर्ने ८० साना टापुहरूको एक देश हो । यो फिजीको पश्चिम र अष्ट्रेलियाको पूर्वमा अवस्थित छ ।

यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्दछ र यहाँ ठूलो संख्यामा भूकम्प र अन्य प्राकृतिक प्रकोपहरू भइरहन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register